ओलीले पार्टी एकता र सरकार गठनका बारेमा यस्तो खुलासा गरे, अब के हुन्छ त



सैघाली खबर,
काठमाणडौ ६ पुस।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढाउने बताएका छन्।

राजधानीमा वाम गठबन्धनबाट काठमाडौंमा प्रतिनिधि र प्रदेश सभामा विजयीलाई बधाई ज्ञापन कार्यक्रममा ओलीले भने, ‘अब नेपालमा कम्युनिष्ट आन्दोलन एकजुट भयो। हामी निकट भविष्यमै पार्टी एकता गर्नेछौं। पार्टी एकता र सरकार गठनको काम सँगसँगै हुन्छ।’

उनले एमाले र माओवादीको एकता रोक्न चलखेल भए पनि आफूहरू सजग रहेको बताए।

कार्यक्रममा बोल्दै ओलीले नयाँ सरकार गठनमा कां‌ग्रेस बाधक भएको आरोप लगाए। ‘लोकतान्त्रिक अभ्यासमा जनताको अभिमत सबैभन्दा ठूलो हो। जुन हामीले पाएका छौं। त्यसैले का‌ंग्रेसले बखेडा झिक्नुको तुक छैन,’ ओलीले भने।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकता समायोजन समितिको बैठक १र२ दिनमै बसेर एकताको प्रकृयालाई अगाडि बढाउने बताए।

‘अब वाम गठबन्धन, एमाले वा माओवादी केन्द्रको कार्यक्रम नभई एकीकृत नेपाल कम्युनिष्ट पार्टीको नामबाट कार्यक्रम हुनेछ,’ श्रेष्ठले भने, ‘वामपन्थीको जित हुँदा पनि सरकार गठनमा अवरोध गर्ने अलोकतान्त्रिक शक्तिहरुको समस्या पैदालाई छिचोल्दै पार्टी एकतालाई अगाडि बढाउँछौं।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्