खगेन्द्र अबस्थीका जीवन कहानी



मेरो जिबनमा धेरै कस्ट सहदै अहिले सम्म म यहाँ सम्म आइपुगे जिबनमा नमिल्दो जादा डाडा काडा घुम्दै गयौ मेरो जन्म भुमि डोटिबाट मेरा बाबा हामिलाई छोडेर धेरै पहिले तराई आउनु भयो तराई आएर जग्गा फडानी पनि गर्नु भयो और हाम्रा आफ्ना भनौदाले सोझा साझा मेरा बाबा लाई ठगेर पुनः पाहाड नै लखेटि दिए ।

करिब एक बिगाह जग्गा अतिक्रमण गरे दिन रात अहोरात्र खटिएर बनाएको मेरा बाबाले जग्गा अरूले खोसे हाम्रा आफ्ना त्यो पराईको ठाउमा कोहि पनि थिएनन पहिले यो ठाउलाई मलवार भन्ने गर्थे मेरा बाबालाई त्यसो गरेका हुनाले मेरो जिबनको एउटा मात्र लक्ष बन्दै गयो दश बर्षको उमेर बाट म पत्रकारिता क्षेत्रमा लाग्न थाले ।

म पत्रकारिता क्षेत्रमा लागेर ठुलो मान्छे बन्ने मेरो एउटा मात्र लक्ष बन्यो मेरो जिबनमा मलाई दश बर्षको उमेरबाट मलाई पत्रकारिताको बिभिन्न पाटो सिकाउने मेरा गुरू ईस्वर जैशिलाई म नमन गर्दछु सानै बाट दुख्ख सुख्ख गर्दै हाम्रो परिवार अगाडि बढ्यौँ ताते गर्दै अगाडि बढाउने मेरि आमाले मेरि दिदीहरुलाई बिध्यालय भर्ना गरिन मलाई सानै बाट माया गर्ने मेरि दुई दिदि बिद्यालयमा दिइने खाजा समेत मलाई ल्याएर आउथिन।

मेरि आमालाई मामा घरबाट दिइएको गरगहना बेचेर मेरि आमा तराई आइन हामि चार दिदि भाई मात्र घरमा बस्यौ मेरि आमा तराई आएर आफ्ना सबै गरगहना बेचेर हाम्रा लागि भनेर अहोरात्र खटिएर तराईमा घर बनाउने ठाऊ खोजिन मेरि आमाको सल्लाह सुझाव लिएर म पनि अगाडि बढ्न थाले ।

एक दिनको कुरा हो मेरि आमा हामि सबै दिदि भाईलाई लिन भनेर पुनः पाहाड जानुभयो हामिलाई एता ल्याउदा खेरि काहाँ लगेर जान्छेस न खाने ठाउ छ न बस्ने बास छ भनेर गाउँलेले हामिलाई रोक्न खोजे तर मेरि आमा रोकिनन हामिलाई तल झार्ने धेरै निस्किए अगाडि बढाउने मेरि आमा बाहेक कोहि भेटिइनन मेरि आमाकै निर्णय दिएर हामि सबै जना अगाडि बढ्यौ ।

त्यसै गरि मेरा गरमा बढेका मेरि जेठि दिदि धनसरा अबस्थि थिन म मेरि दिदिलाई एसै बाट सम्झन्छु धेरै जना बिहेको प्रस्ताव लिएर मेरो घर आउन थाले तर मेरो मन धेरै रून्थ्यो अनि मेरि दिदिको धुमधाम सङ्ग बिहे पनि गर्यो हामिलाई धेरै रिन लाग्यो मेरा बाबा प्रदेशी हुनु पर्यो आज भोलि मेरो परिवार खुसि साथ बसिरहेका छौ । मेरा सम्पूर्ण परिवार मेरा अग्रज मेरा बाबा बिशेष गरि मेरि दिदि धनसराई सम्झन चाहान्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्