काठमाडौं /१९ भदौ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। बिहीबार मात्रै ४४५ जनामा संक्रमण देखिएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
यो सहित संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।