देउखुरीमा दोलाई खोलाबाट लोपोन्मुख कछुवाको उद्धार



ओमप्रकाश गुप्ता , सिसहनियाँ । दाङको देउखुरीमा लोपोन्मुख भद्दैर कछुवाको उद्वार गरिएको छ । नदीको जलिय जैबिक विविधता संरक्षण अभियान अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ५ मा गठित मंग्र जलीय जैविक विविधता संरक्षण समुहले दोलई खोलामा रहेको जलीय जलचर संरक्षण सम्बन्धी काम गर्दै आईरहेको बारेमा विगतका दिनमा गाउँ टोल विद्यालयमा जनचेतना फैलाउदै आएको कारण १७ वर्षिय बालक देवीराम चौधरीले दोलाई खोलामा भेटाएको कछुवाको संरक्षण गर्नुपर्छ भन्ने उदेश्य राखी समुहलाई हस्तान्तरण गरेको बताए । भद्दैर प्रजातीको लोपोन्मुख कछुवालाई स्थानिय थारु समुदायमा सुपा जस्तो ठुलो हुने भएकोले सुप्पैहवा समेत भन्ने गरिएको छ ।

सो कछुवा १५ बर्ष पछि दोलई खोलामा देखिएको र यसको तौल ३० के.जी. सम्म हुने मंग्र जलीय जैविक विसवधता संरक्षण समुहका उपाध्यक्ष जगनारायण चौधरी र कोषाध्यक्ष मनिराम चौधरीले बताए । दुर्लभ माछा, कछुवा तथा अन्य संकटमा परेका जीव जन्तुहरुको संरक्षण गर्न विभिन्न कार्यक्रमको आयोजना गरिदै आएको राप्ती गाउँपालिका वडा नम्बर ५ बस्ने  देवीराम चौधरीले बल्छीले माछमा मार्ने क्रममा करिव २ किलोको कछुवा देखेपछि समातेर घर लगी मंग्र जलीय जैविक विविधता संरक्षण समुहका कोषाध्यक्ष मनिराम चौधरीलाई जानकारी गराएका थिए ।

समुहको पहलमा भेटिएको भद्दैर प्रजातीको लोपोन्मुख बच्चा कछुवालाई देउकी सामुदायीक बनका अध्यक्ष जोखुराम चौधरी संग समन्वय गरी देउकी समुदायक वनमा रहेको पोखरीमा वडा सदस्य शिवा भटराई लगायतको सहभागीतामा पोखरीमा छोडि उद्धार गरिएको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका राममोती चौधरीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्