’सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं – प्रचण्ड



सैघाली खबर,
काठमाडौं ६ पुस,। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

 

सिंगो राष्ट्रलाई एकतावद्ध गरी जोड्नका लागि जनताले जिम्मेवारी दिएको भन्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धन बाहेकका राष्ट्रिय दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए । ‘चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बेनका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने,’सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यसैबीच एकल संक्रमणीयको विवादका सम्बन्धनमा प्रचण्डले विवाद गर्ने पर्ने कुरा नभएको बताएका छन् ।

नयाँ चुनावबाट जनताले फैसला गरिसकेको भन्दै संविधानमा भएको कुरालाई दोहोरो ब्याख्या गर्न जरुरी नभएको बताएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्