रन्जनाका श्रीमान भन्छन : ‘एकछिन नभागेको भए मलाई पनि मार्थ्यो होला’ (भिडियो)



काठमाडौं /२१ भदौ।
गत भदौ १८ गते बिहीबार बिहान काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी उनकै जेठाजु सुदर्शन अधिकारीले धरिलो हतियार बन्चरो प्रहार गरि हत्या गरे ।

रन्जना बिहान उठेर भाँडा माझ्दै गर्दा जेठाजु सुदर्शनले पछाडिबाट बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको थिथो । घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।

मृतकका श्रीमान भने केहि बर्ष विदेशामा बसेर आएका हून् । आफ्नै दाजुले श्रीमतीको विभत्स हत्या गरेको भन्दै उनले दुखेसो पोखेका छन । उनि भन्छन “एकछिन नभागेको भए मलाई पनि मार्थ्यो होला।” हाम्रो थाहा अनलाइन र थाहा टिभिको टिमले मृतकका श्रीमानसँग गरिएको कुराकानि यहाँ प्रस्तुत गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्