किन रमाउदै छन् अधिवक्ता मेवा खेतिमा ?(भिडियो)



दाङ /२१ भदौ।
“नेपाल कृषि प्रधान देश हो” यो आज भोलिको भनाइ मात्र होइन,नेपाल र नेपालीका लागि परम्परागत थेगो नै हो।यो उक्तिलाई सार्थक बनाउन नेपाल र नेपाली जनताले के कस्तो ? अभियान चालेको छन भन्ने कुरा महत्त्वपूर्ण कुरा हो।नेपालमा राष्ट्रिय कृषि गणना २०६८ अनुसार ६५.५%जनसंख्या कृषिमा निर्भर छन् ।

नेपाल सरकारले कृषि मन्त्रालय अन्तरगत रहेर विभिन्न कृषि योजनाहरु -सहुलियत कर्जा सुविधा, कृषि औजार, मल बिउ ,अनुदान आदि जस्ताको व्यवस्था गरेको छ।यसो भएतापनी सम्बन्धित सरोकारवाला अधिकारीहरुको संबेदनसिलता सबै ठाउँमा नहुदा ,बजार व्यवस्थापन ,उत्पादन मुल्यांकन मा कमि हुँदा आदि जस्ता कारण कृषकमा कृषि प्रतिको चाहना हुदाहुदै पनि सोचे जस्तो कृषि उत्पादन बढ्न सकेको छैन।राष्ट्रिय कृषि गणना २०६८ को तथ्यांकले कृषि उत्पादन जमिनको मात्रा घाट्दो अबस्थामा छ भन्ने देखाएको छ।यसबाट पनि थाहा हुन्छ नेपाल कृषि क्षेत्रमा अझैसम्म आत्म निर्भर बन्न सकेको छैन।तर अहिले पछिल्लो अबस्थामा सरकारको मुख ताकिरहनु भन्दा पनि आफ्नै लगानिमा युवाहरू कृषि ब्यबसाय गर्न आकर्षक भएको पाउन सकिन्छ ।

गरे के हुँदैन !कृषि पेशालाई निम्नस्तरको ठान्ने नपढेलेखेकाले मात्र गर्ने काम हो भन्नेहरुलाई चुनौती दिदै पढेलेखेका युवाहरु पनि आजभोली कृषि पेशामा लागेको देखिन्छ।यसै सन्दर्भलाई लिएर हामी नारायणपुर स्थित रहेको बहुउद्देश्यीय कृषि फार्मद्वारा संचालित मेवा खेतीसम्म पुगि यसै फार्मका संचालकमध्ये एकजना अधिवक्ता (कानुन व्यवसायी )कुलबहादुर डाँगी सँग कुराकानी गरेका छौँ ।

बिगत १८ बर्षदेखि जि.वि.स लगायत विभिन्न संघसस्थामा अनुभव बटुलिसक्नु भएका डाँ गी जागीर छोडेर मेवा खेतीमा रमाइरहेका देखिन्छ ,उहाँसँगै अर्का एकजना वैदेशिक रोजगारबाट फर्कनु भएका तुल्सिपुर -१५ निबासी तुल्सिराम केसी सहितको सयुक्त लगानीमा यो खेती रहेको छ। स्नातकोत्तर उपाधी गरेका दुबैजना आफ्नै लगानीमा मेवा खेतीमा रमाइरहेका देखिन्छ्न यहि विषयमा डाँगीसँग गरेको कुराकानी तपाईं माझ प्रस्तुत गरेका छौँ :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्