‘एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्ने’



सैघाली खबर,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले माओवादी–एमालेको पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष प्रचण्ड बन्ने बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै सापकोटाले एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने भन्दै पार्टीको नेतृत्व प्रचण्डले गर्ने बताए । उनले नयाँ सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्ने समेत दाबी गरेका छन् । ‘मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालजीसँग कुरा गरिसकेँ,’ सापकोटाले भने, ‘चीनीयाँ नेताहरुसँग पनि छलफल गरेको छु । छिट्टै चिनियाँ राजदुतसँग पनि कुरा गर्छु ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्