काठमाडौं /२१ भदौ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
यो सहित संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ८० जना थपिएसगैं कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।