काठमाडौं /२१ भदौ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।
एक बैंकमा कार्यरत मन्त्रीका परिवारका सदस्यमा संक्रमण पुष्टि भएको हो।
परिवारका सदस्यमा संक्रमण भएपछि मन्त्री ढकालसहित परिवारका सदस्य मन्त्रीको सरकारी निवासमै होम क्वारेन्टिनमा बसेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रीका आफन्त संक्रमित भएकाले क्वारेन्टिनमा बसेको जानकारी दिए।
क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको मन्त्री ढकालले बताए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।