कुल सचिव झामाथि भएको दुव्र्यवहारको भ्रत्र्सना



सैघाली खबर
दाङ, ६ पुस । नेपाल सस्कृत विश्वविद्यालयका कुल सचिव कार्तिकेय झा माथि सोमवार नेपाल संस्कृत विश्वविद्यालय, कर्मचारी संघका केन्द्रिय अध्यक्ष रमेश जोशीले गरेको दुव्र्यवहारको कडा निन्दा गरिएको छ ।

नेपाल प्रगतीशिल प्राध्यापक संगठन जनता विद्यापिठ ईकाई समिति विजौरीका अध्यक्ष उत्तमराज घिमिरे, नेपाल राष्ट्रिय प्राध्यापक संगठन जनता विद्यापिठ विजौरीका इकाई समिति अध्यक्ष मोहनलाल पुलामी र नेपाल संस्कृत विश्वविद्यालयका प्रगतीशिल कर्मचारी संगठन जनता विद्यापिठ विजौरीका ईकाई समितिका अध्यक्ष हरिहर देवकोटाले विहिवार संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ती प्रकट गरेका छन ।

प्राध्यापक र कर्मचारीहरुको सहकार्यवाट मात्रै विश्वविद्यालयको उन्नयन सम्भव रहेकाले त्यस तर्फ गम्भीर बन्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तै नेपाल प्राध्यापक संघ जनता विद्यापिठ ईकाई सभापति डा. मधुमालती खत्री र सचिव मोहनलाल पुलामीले विज्ञप्ती जारी गर्दै आपत्ती प्रकट गरेका छन ।

विज्ञप्ती मार्फत सभापति खत्री र सचिव पुलामीले प्रागिक संस्थाभित्र अशोभनिय र गैर जिम्मेवारीपूर्ण क्रियाकलाप कसैले पनि गर्न नहुने उल्लेख गर्दै विश्वविद्यालयमा हुने सवै निर्णयाकपूर्ण कार्यहरु ऐन नियम र आपसी समझादारी वाट गर्न अनुरोध गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्