बाघकाे छाला सहित बुङ्गल नगरपालिकामा २ जना पक्राउ



उत्तम कुमार थापा बझाङ । बाघकाे छाला सहित २ जना पक्राउ परेका छन ।

जिल्लाकाे बुङ्गल नगरपालिकामा पाठेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन ।

बुङ्गल नगरपालिका वडा नम्बर ६ बड्डिजियावन घर भएका राईसिङ्गे बाेहराका छाेरा बर्ष २७ का अर्जित बाेहरा, र उनकै अर्को छाेरा २३ बर्षका बिरेन्द्र बाेहरालाई हिजाे राती २ बजेर ४१ मिनेटमा धनगढी बाट खटेकाे अारअाईटी व्युराे टाेली र प्र अ बुङ्गलका सहिकाे नेतृत्वकाे टाेलीले खटेकाे टाेलीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जित बाेहराका दाजुभाइ रहेका छन । उनलाई राति २:४१ बजेको समयमा पक्राउ गरेकाे थियाे पक्राउ पर्ने बाेहरा सँग पाठेबाघकाे छाला २ थान बाघकाे हड्डी ९ केजि रहेकाे छ पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याईदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्