मुलुक समृद्धिको मार्गमा -बस्नेत



 

सैघाली खबर,
दाङ ७ पुस।
माओवादी केन्द्रका नेता टेक बहादुर बस्नेतले तीनै तहको निर्बाचन सम्पन्न भएसंगै संबिधान कार्यान्वयनको एक चरण पुरा भएको बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघले आयोजन गरेको भेटघाट कार्यक्रममा उनले तीनै तहको निर्बााचन सम्पन्न भएसंगै देशले निकास निकालिसकेको बताए । ‘तीन तहकै निर्बाचन सम्पन्न भएसंगै संबिधान कार्यान्वयनको एउटा कोर्ष पुरा भएको छ’ उनले भने ‘अब मुलुक संक्रमणकालबाट ठोस दिशामा अगाडि बढेको छ ।’

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत ( बिरु) को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार बस्नेतले अब मुलुक संमृद्धिको मार्गमा अगाडि बढ्ने बताए । ‘यस अघि हामी संबिधान निर्माणका लागि लड्यौ’ उनले भने ‘ अबको लडाई समृद्धिको यात्रामा अघि बढ्ने छ ।’

राजनीतिक व्यवस्था परिवर्तन भैसकेकाले पहिलाको जस्तो विकास तथा अन्य क्रियाकलापमा ढिलासुस्ती नहुने भन्दै संघिय प्रतिनिधि सभाका सदस्य बस्नेतले राज्य व्यवस्था ठिक ठिक भए सबैखालका व्यवस्था ठिक भएर अगाडि बढ्ने बताएका हुन । कार्यक्रमको सहजीकरण महासचिब रुप बहादुर खत्रीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्