दाङ आएर महराले भने प्रदेशको राजधानी बनाउन प्रधानमन्त्रीसंग कुरा भैसक्यो



जनक नेपाली
दाङ, ७ पुस  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले दाङलाई प्रादेशीक राजधानी बनाउँन प्रधानमन्त्रीसंग कुरा भैसकेको बताउनु भयो । प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महराले यस्तो बताउनु भएको हो ।पार्टी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवा संग भेटघाट गरी दाङलाईअ५नं. प्रदेशको प्रादेशीक राजधानी बनाउँने विषयमा सकारात्मक छलफल भएको वताउनुभयो ।

दाङ प्रादेशीक राजधानीका लागि भौगोलिक सुरक्षाका दृष्टीकोणले उपयुक्त भएको वताउँदै सरकारले अब स्थाइ मुकाम छिट्टै तोक्ने वताउनुभयो । ४ नंंं. प्रदेश बाहेक अन्य सबै क्षेत्रमा प्रदेशीक राजधानीका विषयमा बिबाद भएको वताउँदै ५ नं. प्रदेशको समस्या छिट्टैहल हुने उल्लेख गर्नुभयो ।

नेता महराले भैरहवा बुटवल औधोगीक क्षेत्रका रुपमा विकास भैसेको वताउँदै यस क्षेत्रको विकासका लागि दाङ राजधानी अनिवार्य सर्त भएको उहाँको भनाई छ । माओवादी र एमाले विच पार्टी एकता विषयमा छुट्टै समिति गठन भएको वताउँदै अबको केही दिनमै पार्टी एकता हुने वताउनुभयो ।

निर्वाचन पछी नयाँ सरकार गठनका विषयमा केही अन्यौल श्रृजना देखिएको वताउँदै अबको दुई ÷ तीन हप्तामा नयाँ सरकार गठन हुने वताउनुभयो । प्रेस सेन्टर दाङका डिल्ली मल्लको अध्यक्षतामा पत्रकार भेटघाट सम्पन्न भएको थियो । प्रेस चौतारी दाङका प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार भेटघाटको संचालन पाण्डव शर्माले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्