विश्वमा कोरोनाबाट २ करोड ७४ लाख संक्रमित, ८ लाख ९६ हजारको मृत्यु

१ करोड ९५ लाख ७२ हजार संक्रमणमुक्त


काठमाडौं / २३ भदौ।
विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो ।

यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४२१ पुगेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९११ पुगेको छ ।

एकै दिन २ लाख १६ हजार ८०५ मानिस कोरोना संक्रमणमुक्त भएका हुन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्