सैघाली खबर,
काठमाणडौ ७ पुस।
मालपोत कार्यालयमा दिउँसो २ बजे बम बिष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारीको सरकारी निवाससँगै जोडिएको मालपोत कार्यालयमा विस्फोट भएको भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइते हुनेमा रोशनकुमार पासवान, राजकुमार पासवान र पवन पासवान रहेका छन्।
घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ। विस्फोट कसले गराएको र किन गराएको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।