दाङमा ९ जना जुवाडे जुवा खेलीरहेको अबस्थामा पक्राउ

By थाहा अनलाइन

December 22, 2017

सैघाली खबर, घोराही,७ पुस दाङमा करिब २ लाख नगदसहित ९ जना जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यलय दाङले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ स्थित सीता चौधरीको घरमा जुवा खेलीरहेको अबस्थामा ९ जना जुवाडे पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको साथबाट नगद १ लाख ९३ हजार,६४० नगद बरामद भएको प्रहरीको भनाई छ ।