काठमाडौं /२४ भदौ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा मास्टर अफ बिजनेस एड्मिनिष्ट्रेसन (एमबिए) अध्ययन सुरु गरेका छन् ।
खड्कालाई आगामी दुई वर्षका लागि एमबिए कार्यक्रममा एम्बासडरको रूपमा नियुक्त गरेको छ । कलेजले एमबिए अध्ययनका लागि खड्कालाई पूर्ण छात्रवृत्ति दिएको छ ।
कलेजका निर्देशक लक्ष्मण पोखरेलले विज्ञप्ति जारी गरी खड्का कलेजको एमबिए कार्यक्रममा सेप्टेम्बरबाट सुरु शैक्षिक सत्रदेखि अध्ययन गरिरहेको उल्लेख गरेका छन् । उनले शनिबार ब्रान्ड एम्बासडर भएको घोषणा गरी दुई वर्षका लागि अनुबन्धन गरेको उल्लेख गरेका छन् ।
फिनिक्सले नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत नौ वर्षदेखि जनशक्ति उत्पादन गरिरहेको छ । एमबिए अध्ययनले जीवनमा अझै सफलता प्राप्तिका लागि सहयोग पुग्ने पोखरेलको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।