अफ्गानी उपराष्ट्रपतिलाई लक्षित गरी बम विष्फोट, १० मारिए



काबुल । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार अफगानिस्तानको राजधानी काबुलमा भएको बम हमलाको भारतले निन्दा गरेको छ । बुधबार दिउँसो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलम नै आत्मघातीहरुले बम विस्फोटन गराएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार ट्वीट गरेर सो आत्मघाती हमलाको निन्दा गरेका छन् । उनले सो हमलामा परी मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले यस्तो अवस्थामा भारत सधैँ अफगानिस्तान र अफगान नागरिकको शान्तिको पक्षमा रहेको बताएका छन् ।

ट्वीटमा उनले भारत अफगानिस्तानमा शान्ति होस भन्ने पक्षमा रहेको र यस्ता आतंकवादी क्रियाकलापहरुमाथि कहिल्यै पनि विश्वास नगर्ने बताए । अफगान प्रहरीले जनाएअनुसार उक्त विस्फोटनबाट १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । अफगानिस्तानका उपराष्ट्रपति सालेहलाई लक्ष्य गरेर उनको सवारी भइरहेका बेला यस्तो भौतिक आक्रमण गरिएको बताइएको छ ।

तर उनलाई केही भएको छैन । उनीसहित उनको सुरक्षामा रहेका सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको बताइएको छ । तर उनको सुरक्षामा रहेका सबै जना सुरक्षित रहेका छन् । यस घटनाको कसैले पनि जिम्मेबारी लिएको छैन । प्रहरीले यस घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । अफ्गानिस्तानमा हाल अमेरिकी कठपुतली सरकार चरिहेको छ । यसकै विरुद्धमा त्यहाँ विद्रोहीहरु लामो समयदेखि सकृय छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्