लुजडाउनपछि कोरोनाको केन्द्र बन्यो भारत



नयाँ दिल्ली । भारत कोरोना संक्रमणको केन्द्र बनेको छ । दैनिक ९० हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर अझै घटेको छैन । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ हजार ७०६ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४३ लाख ७० हजार १२८ जनामा कोरोना संक्रमण देखिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ हजार ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ११५ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्