ओमप्रकाश गुप्ता , भालुवाङ २५ भदाै । लकडाउनको विकल्प खोज्न राप्ती उद्योग वाणिज्य संघ भालुवाङले सम्बन्धित निकायले अाग्रह गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले एक विज्ञप्ति जारी गरि सो अाग्रह गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण गत चैत ११ गते देखि भएको लामो बन्दाबन्दीका कारण आम उद्योगी, व्यापारी र सर्वसाधारणको जनजीवन प्रभावित भएको विज्ञप्तीमा भनिएको छ ।
लामो समय सम्मको लकडाउनले आम उद्योगी, व्यापारीहरु ठुलो आर्थिक भारमा पर्नुका साथै आफ्नो पेसा, व्यावसायबाट समेत पलाएन भईरहेको र बाँकी रहेका उद्योग, व्यवसायहरु आफ्नो पेशा व्यवसाय छोडेर निरन्तर पलाएन हुने क्रम जारी रहेको छ । लामो समय सम्मको लकडाउनका कारण व्यवसायहरु पुरै टाट पल्टिने स्थिति रहेको छ । साथै सर्वसाधारण जनताहरु रोजगार बिहिन भई साझँ, बिहान दैनिक गुजारा चलाउन नसकी रोगले भन्दा पनि भोकले मर्ने अवस्था सृजना भएको बताइएको छ ।
लकडाउन गर्नेपर्ने अवस्था भएमा संक्रमण फैलिएका सम्बन्धित गाउँ, टोल, वार्ड, गाउँपालिका र नगरपालिकालाई सिल गरी अन्य ठाउँमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरी सहज रुपमा व्यापार, व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन यसै विज्ञप्ती मार्फत सरकार तथा सम्बन्धित निकायको ध्यानकर्षण गराउनुका साथै माग गरेका छन् । अन्यथा यही प्रकारको पूर्ण लकडाउन जारी राखी राखेमा यस प्रकारको पूर्ण लकडाउनको पालना गर्न नसक्ने समेत यसै बिज्ञप्ती मार्फत सबैमा जानकारी गराएका छन् ।
नदीजन्य पदार्थ उत्खनन, संकलन र निकासीका विषयमा राप्ती गाउँपालिकालाई राय सुझाव
यसै बिच उद्योग वाणिज्य संघले नदीजन्य पदार्थ उत्खनन, संकलन र निकासीका विषयमा राप्ती गाउँपालिकालाई राय सुझाव दिएको छ । राप्ती गाउँपालिकाको मिती २०७७/५/१८ गते प्रकाशित गरिएको सुचनामा राप्ती गाउँपालिका अन्तर्गत पर्ने वडा नं. १,२,३,५,६र ७ तथा भुल्के खोला समेत बाट नदिजन्य पदार्थ( ढुङ्गगा,गिट्टी र वालुवा) उत्खनन् तथा निकासी को लागी वातावरणिय प्रभाव मूल्याङकन (आई ई ई ) को गर्न राय सल्लाह सुझाव दिएको हो।
सार्वजनिक सुचनाका अाधारमा नेपाल सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितीको मापदण्ड अनुसार घना बस्ती तथा बजार क्षेत्र रहेको भालुवाङ्ग क्षेत्र,देउखुरीको गौरवको आयोजनाको रुपमा रहेका बड्का पथ र प्रगन्ना सिचाई आयोजना, वन कुलो,मझेरिया कुलो,राप्ती पुल तथा तट््बन्धनहरु लाई प्रतिकुल असर नपर्ने, खोलाका धार परिवर्तन नहुने गरि हेभि मेसिन औजार(जे.सि.वि स्काभेटर) हरुको प्रयोग विना राप्ती नदि तथा भुल्के खोलाहरु बाट नदिजन्य पदार्थ (ढुङगा,गिट्टी र वालुवा ) उत्खनन् तथा निकासी को लागी आई ई ई प्रतिवेदन तयार गर्नका लागी राप्ती उद्योग वाणिज्य संघको तर्फबाट सुझाव पेश गरेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।