बिरानो मुलुक अरबबाट कृषि मन्त्री घनश्याम भूषाललाई खुल्ला संदेश



पामेल उपाध्य /२५ भदौ ।
आजकल कृषि मन्त्री गुमनाम हुनुहुन्छ। उहाँको अर्को रुचि को पाटो दर्शन लेखन पनि हो। किसानहरु का आधारभूत आवस्यकताहरु को जवाफदेहीता कागज मा लेखेर हुने भए प्रयोगशाला को आवस्यकता नै पर्ने थिएन। बरु, त्यो भन्दा सजिलो बन्द कोठा भित्र दर्शन लेखेर कान्तिपुर(श्रावण २६, २०७७) तिर पोष्ट्याउनु मै मार्क्सवादी दर्शन का प्रगतिशील ब्याख्याकार कृषिप्रधान मुलुक को कृषि मन्त्री, किसान को भलाई जो ठान्नुहुन्छ।

नेपालमा मात्रै होईन संसार मै सबै भन्दा धेरै दर्शन बाडिहिड्ने कम्निसहरु भन्दा अरु कोहि भेटिदैनन् र देखिदैनन् पनि। हो दर्शन ले जीवन जिउने पद्धति सिकाउला, सामाजिक चरित्र को राम्रै सङ्ग उजागर गर्ला पनि। यहाँ दर्शन को बिरोध गर्न खोजेको होइन मात्र यस्को प्रयोगात्मक ब्यबहारीक पाटो खोजिएको हो। जनजीवन मा प्रत्यक्ष अषर पुग्ने किसिम को प्राक्टिकल्ली दर्शन को आवस्यकता महसुस गरिएको हो।

थेउरिकल्की दर्शन ले खान दिने भए, निमुखाहरु को लाज छोप्ने भए, किसानहरु लाई विश्व जगतमा कृषि को हरेक क्षेत्रमा प्रतिस्पर्धात्मक बनाउन सक्ने भए, आज विश्व भरी कम्निसहरु को राज्य हुने थियो। किनकी, कम्निसहरु जति दर्शन का ब्याख्याकार दुनियाँ मा अरु कोहि पाईदैन।(लामा-लामा भाषणहरु यसै अन्तर्गत पर्दछन्।) तर बिडम्बना, आज लोप हुनु पर्ने अवस्था आईसकेको छ र जति बचेका छन् ती पनि घिड्घिड्णो को अवस्था मा छन्।

कृषि मन्त्री हुनुभएको नाता ले, कृषि भन्ने बित्तिकै त्यो सङ्ग सम्बन्धित बीउविजन रासायनिक मल, किसान लाई चाँहिने र उत्पादन मा लाग्ने योग्य बस्तुहरु का कुरा आउँछन्। यी सम्पूर्ण बस्तुहरु देशमा पाइदैन आयात नै गर्नु पर्ने हुन्छ। सरकार यी अत्यावश्यक सामाग्रीहरु को आयात गरेर किसान लाई सर्वसुलभ ब्यबस्थापन गर्न सक्छ न किसानहरु ले आफै कष्ट ब्यहोरेर ल्याएको सामाग्री उपभोग गर्न दिन्छ न देश भित्र उद्योग खोलेर सामाग्री को आपूर्ति नै गर्न सक्छ।

कृषि मन्त्री ज्यू ! तपाईं का मार्क्सवादी दर्शन को व्याख्या र ठूला मिडिया हाउस मा पट्यार लाग्दो लमतन्ने लेख ले कृषिप्रधान देश भित्र किसान र जनजीविका को सवाल मा कुनै ठोस योजना तर्जुमा गर्न सकिरहेको छैन। बन्द गर्नुहोस् तपाईं का द्वन्द्ववाद, पुँजीवाद, साम्राज्यवाद, दुनियाँ भरका तथानाम तन्त्र र वाद का कुरा। याद रहोस्- मार्क्स ले संसद लाई “पुँजीपति वर्ग को स्वार्थहरु को ब्यबस्थापन गर्ने कमिटी” भनेका छन्। आज तपाईं त्यही हुनुहुन्छ। यसकारण कि मार्क्स गलत हुन् या तपाईं गलत हुनुहुन्छ I

र अन्त्यमा कृषि मन्त्री घनश्याम भूषाल ज्यू ! बरु सक्नु हुन्छ भने, यो देश को माटो सुहाउँदो किसिम को तन्त्र र वाद का कुरा गर्नुहोस् र त्यो भन्दा पहिले आफ्नो काम कर्तव्य र जिम्मेवारी लाई आत्मसात गर्दै सयुक्त राष्ट्र संघ को मान्यता अनुसार प्रत्यक्ष सम्लग्न ६६% किसानहरु लाई हित हुने किसिम को उत्पादनमा प्रत्यक्ष सम्बन्ध राख्ने कल्याणकारी नीति दर्शन लिएर आउनुहोस्। नत्र यस्ता मार्क्सवादी दर्शन ४६ साल देखि सुन्दै आईरहेका छौं। जति सुन्दै आयौं त्यती नै कृषि मा परनिर्भरता बढ्दै गैरहेको पनि पायौं।

पामेल उपाध्य

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्