अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान १५ असोजदेखि खुलाउने तयारी



काठमाडौं /२६ भदौ।
सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

सरकारले १५ असोजदेखि देशभरका विमानस्थलमा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । तर, पर्यटन मन्त्रालयले भने १ असोजदेखि हिमाली र पहाडी क्षेत्रमा उडान खोल्नुपर्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । एयरलाइन्स कम्पनीहरूले भने १ असोजदेखि उडान नखोले आन्दोलन गर्ने र कम्पनीको चाबी सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्