फागुन ४ मा पनि यसकारण ‘कान्छी’लाई सजिलो छैन



सैघाली खबर,
यस वर्षको सबैभन्दा ठूलो महासंग्राम माघ २६ मा हुने लगभग कन्फर्म थियो । कारण, यो मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ र दया(श्वेता अभिनीत फिल्म ‘कान्छी’ प्रदर्शनमा आउँदैथिए । तर, अनमोलको बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै निर्मात्री तथा अभिनेत्री श्वेता खड्काले भुवन केसीलाई सम्मान स्वरुप माघ २६ बाट व्याक हटिन् र ताकिन् फागुन ४ ।

फागुन ४ मा यसअघि नै छविराज ओझा निर्मित फिल्म ‘मंगलम’ प्रदर्शनमा आउने फाइनल भइसकेको छ । अब ‘कान्छी’ आउने भएपछि ‘मंगलम’ व्याक हट्दै त छैन रु भन्ने फिल्मीखबर डटकमको प्रश्नमा निर्माता छविराज ओझा भन्छन्, ‘अहिलेसम्म त यही मितिमा नै आउने हाम्रो तयारी हो । तर, अहिले म वितरक कम्पनी एफडीका पदाधिकारीहरुसँग छलफल गरिरहेको छु ।’ यसअघि ‘मंगलम’, ‘छक्का पन्जा २’ सँग जुध्न तयार भएको थियो ।

फागुन ४ मा यदी ‘मंगलम’ नआए ‘कान्छी’लाई धेरथोर राहत त पक्कै हुनेछ तर अनमोलको ‘कृ’को झट्का साम्य हुन भने गाह्रो देखिन्छ । यसअघि अनमोलका फिल्मले प्रदर्शनको दुई हप्ता मल्टिप्लेक्स र सिंगल हलमा एकलौटी वर्चश्व जमाएका उदारहण छन् । यसकारण पनि ‘कृ’ रिलिजको एक हप्तामै आउने ‘कान्छी’लाई ठूलो असर पर्ने देखिन्छ । ‘कृ’कै कारण छविराज आफ्नो फिल्म ‘मंगलम’ सार्न तयारी अवस्थामा रहेको स्रोत बताउँछ ।

‘कान्छी’लाई यस वर्षको प्रतिक्षीत फिल्मको रुपमा हेरिएका कारण पनि यो फिल्ममाथी ‘कृ’को धक्का नपरोस् भन्ने दर्शक र चलचित्रकर्मीको चाहना छ । तर, एक हप्ताको अन्तरमा आउने ‘कान्छी’लाई ‘कृ’ले बक्स अफिसमा कति ठूलो असर पार्ला रु भन्ने बहसले सिनेवृतमा यतिबेला छुट्टै तरंग पैदा भएको छ ।filmykhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्