मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् हालै बजारमा भित्रिएका नयाँ स्मार्टफोन



काठमाडौं /२६ भदौ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ का कारण गरिएको लकडाउन तथा निषेधाज्ञाको समयमा पनि मोबाइल आयात भने रोकिएको छैन।

यो समयमा समेत विभिन्न मोबाइल ब्राण्डका कम्पनीले २८ वटा स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। ती स्मार्टफोन तीन महिनाको बीचमा नेपाली बजारमा सार्वजनिक भएको हो।

सबैभन्दा बढी दक्षिण कोरियाली कम्पनी सामसङले ल्याएको छ। सामसङका १२ वटा स्मार्टफोनले नेपाली बजारमा प्रवेश गरेको छ। ती सामसुङ ग्यालेक्सी ए०१, एम०१, एम११, एम२१, ए२१एस, एम२१, एम३१, एम३१, नोट२०, नोट२०अल्ट्रा र एस२०प्लस अल्ट्रा हुन्।

यी स्मार्टफोनको मूल्य क्रमशः १३ हजार ४ सय ९९, १४ हजार ९ सय ९९, १८ हजार ९ सय ९९, २२ हजार ९ सय ९९, २३ हजार ९ सय ९९, २७ हजार ४ सय ९९, ३० हजार ९ सय ९९, ३५ हजार ६ सय ९९, १ लाख ९ हजार ९ सय ९९, १ लाख ३९ हजार ९ सय ९९, १ लाख ५९ हजार ९ सय ९९ रहेको कम्पनीले बताएको छ।

यस बीचमा सामसङको एस ६लाइट ट्याब पनि बजारमा आएको छ। यसको मूल्य ५२ हजार ९ सय ९९ तोकिएको कम्पनीले बताएको छ। त्यस्तै, ३४१एमएम र ३४५एमएम गरी दुईटा स्मार्ट घडी पनि नेपाली बजारमा ल्याएको छ। यसको मूल्य क्रमशः ५३ हजार ९ सय ९९ र ५५ हजार ९ सय ९९ रहेको छ।
चिनीयाँ मोबाइल ब्राण्ड ओपाको २ वटा स्मार्टफोन बजार ल्याएको छ।

यिनीहरूको मूल्य क्रमशः ए३१ २६ हजार ५ सय ९०, ओपो ए१२ (३जिबी प्सल ३२ जिबी) १८ हजार ५ सय ९०, (४ जिबी प्सल ६४ जिबी) २० हजार ७ सय ९० रहेको कम्पनीले बताएको छ। कम्पनीले एउटा एयर बर्डस् र एउटा हेडफोन पनि बजारमा ल्याएको छ। यसको मूल्य क्रमशः ३ हजार ९ सय ९० र ४ हजार ९ सय ९० रहेको छ।

रियलमीले रियलमी ६, ६आई, सी११ र सी३ बजारमा ल्याएको छ। यसको मूल्य क्रमशः ३२ हजार ९ सय ९०, २५ हजार ९ सय ९०, १३ हजार र १६ हजार ९ सय ९० रहेको छ।
वनप्लसले वनप्लस नोर्ड, नोर्ड ८ र नोर्ड ८प्रो बजारमा ल्याएको छ। यसको मूल्य क्रमशः ५४ हजार, ९३ हजार र १ लाख १० हजार रहेको छ।

भिभोको दुई वटा स्मार्टफोन बजारमा आएको छ। भि१९ र भिभो वाई३० यसको मूल्य क्रमशः ४९ हजार ९ सय ९९, (४ जिबी प्सल ६४ जिबी) २४ हजार ९ सय ९९, ९४ जिबी प्सल १२८ जिबी० २७ हजार ९ सय ९९ रहेको छ। नोकियाको स्मार्टफोन नोकिया५।३ बजारमा आएको छ। यसको मूल्य क्रमशः २३ हजार ४ सय ९९ रहेको कम्पनीले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्