मुख्य समाचार

सिलाई ब्यवसायीको ध्यानाकर्षण

By थाहा अनलाइन

June 06, 2017

 

जेठ,२३ अमिता चौधरी

नेपाल कपडा तथा सिलाई ब्यवसायी समिती दाङले आज एक बिज्ञप्ती जारी गरी गत जेठ १७ गते दाङ बाट प्रकासित युगबोध दैनिकमा प्रकासित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल स्वतन्त्र सिलाई कालिगढ युनियनका सस्थापक अध्यक्ष सालिकराम उदासी र नेपाल कपडा तथा सिलाइ ब्यबसायी समितीका अध्यक्ष चुर्णबहादुर नेपालीले आज एक संयुक्त बियक्ति प्रकाशीत गरी यस्तो बताउनु भएको हो ।

घोराहीमा टेलरिङ ब्यवसाय गर्दै आएका राज टेलरका संचालकले दलित जातीमाथी अपमान जनक र अभद्र शब्द प्रयोग गरेको भन्दै त्यस प्रति बिरोध जनाउनु भएको हो । बिज्ञप्तीको पुर्ण पाठ यही समाबेस गरिएको छ ।