बलात्कार घटनाको आरोपित बचाउन राजनीतिक चलखेल



धनुषा   बलात्कार जस्तो अपराधका घटनामा पनि आरोपितलाई बचाउन राजनीनिक चेलखेल हुनु नै आफैमा घिनौना हर्कत हुन । यसले पनि स्पष्ट हुन्छ हाम्रो समाजको दिशा निर्देश कता तिर जादैछ । त्यसमा पनि पुन एक दलित बालिकालाई बलात्कार भएको घटना हुन । गत भाद्र १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १४ वर्षीय दलित बालिकाको बलात्कारको मुद्दामा स्थानीय विभिन्न राजनैतिक दलको नेताहरु पिडितको विपक्षमा देखिएको पीडित पक्षको आरोप छ ।

स्थानीय नेता तथा प्रहरीले पिडित बालिका तथा उनको आमालाई जबजस्ती धम्काएर बयान दिन लगाउने आरोप पिडितको आमाले लगाएका छन् । पिडित बालिकाको जनकपुर अंचल अस्पतालमा स्वास्थ्य परिक्षण् गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थकुमार कार्कीले बताए । उक्त बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेका हुन ।

पक्षले बताएका छन । पिडितलाइ बयानको लागि भनेर प्रहरी कार्यालयमा लगि जाहेरी तथा बयान बदल्न दवाव दिइ रहेको भनि पिडितको आमाको भनाई छ । चारनाथ नदि किनारा बाख्रा चराउदै गर्दा सोही ठाउँमा बस्ने लक्ष्मेश्वर मंडलले के गरेको, तिमी एक्लै हो आदि इत्यादि भनेर सोधखोज गरेको एक छिनमै पछाडीबाट आएका दुई जना मास्क लागाएको युवाहरुले आखाँ र मुख बाँधी बलात्कार गरेको थियो ।

घटनमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय ढल्केवरले लक्ष्मेश्वर कुमार मंडल, संतोष कुमार यादव र शिवशंकर कुमार शाहलाई पक्राउ गरि हिरासतमा राखेको छ । दलित बालिकामाथि बलात्कार जस्तो गम्भीर अपराध भएकोले मुर्दा गरि अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक कार्कीले बताए । पिडित परिवारले नै हालसम्म किटानी जाहेरी दिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्