कांग्रेस नेताहरूलाई यस्तो सुझाब दिइन राष्टपतिले



 

सैघाली खबर,
काठमाडौं, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमा दलीय धारणा बाझिएकाले सहमति जुटाएर आउन कांग्रेस नेताहरूलाई सुझाब दिएकी छिन् ।‘अहिलेसम्म तपाईंहरूले सहमतिबाटै जटिलता फुकाउँदै आउनुभएको छ । अध्यादेशमा देखिएको फरक–फरक धारणामा पनि सहमति गरेरै आउनुस् । तपाईंहरूले जे सहमति गर्नुहुन्छ त्यहीअनुसार अघि बढ्छु,’ राष्ट्रपतिको भनाइ थियो ।

उनले राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा दलहरूबीच फरक–फरक धारणा आएको र व्याख्या भएकाले रोकिएको संकेत दिएकी थिइन् । आफूले एमाले र माओवादी नेतासँग छलफल गरेको बताउँदै उनले छिटै राजपा र संघीय समाजवादीसँग पनि छलफल गर्ने जानकारी दिएकी थिइन् ।

कांग्रेस नेताको कुरा सुनेपछि राष्ट्रपतिले ‘तपाईंहरूले धेरै कुरा बुझाउनुभयो’ भन्दै एक–दुई दिन छलफल र परामर्शपछि अध्यादेशको विषय टुंगिने संकेत दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

कांग्रेसका एक नेताले भने, ‘यसकारण अब अलमल नगरी अघि बढौँ भनेका छौँ । यसमा राष्ट्रपति सकारात्मक भएको पाएका छौँ । अब केही दिनमा उहाँले अध्यादेश जारी गर्नुहुन्छ । र, राष्ट्रिय सभा गठन र नयाँ सरकार गठनको बाटो खुल्छ ।’ नयाँ पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्