हिरासत भित्रनै दलित युवाको मृत्यु ,हत्या भन्दै आफन्तले जिल्ला प्रशासन घेराउ



थाहा अनलाइन , काठमाडौ धनगढी उपमहानगरपालिका ५ जाइ निवासी १९ बर्षका युवा रोशन बिकले कैलाली जिल्ला प्रहरी कार्यलय थुनुवा कक्षको ट्वाइलेटमा शुक्रबार बिहान आत्महत्या गरेका हुन् । भाद्र २१ गते चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका बिकले शुक्रबार बिहान करिब ८ बजेतिर थुनुवाले प्रयोग गर्ने ट्वाइलेटमा आफैंले लगाएको सर्टले घाटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाकी उपमेयर शुशिला भट्ट मिस्रको टोलीले हिरासत भित्र मृत्यु भएका बिकको घटनाबारे छानबिन गर्दा आत्महत्या भएको निस्कर्ष निकालेपछी पोस्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल लगिएको छ । मृतकका परिवारले भने आत्महत्या नभएर हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यलय कैलालीमा धर्ना तथा प्रदशनी गरेका छन् । पोस्टमार्टम रिपोर्ट पछि मात्र हत्या हो या आत्महत्या भनी एकिन गर्न सकिने छ । हिरासत भित्र नै आत्महत्या भए पछि प्रहरी प्रशासन माथी नै ठुलो आंशका भने गरिएको छ। थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको आँखा,नाक,निधारमा चोटपटक देखिन्छ ।
तर मृतक बिकका बुवा टेकबहादुर बिकले आफ्नो छोरोको आत्महत्या नभएर कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । मृतक बिककी आमा मनु बिकले छोरालाई मारेको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए । यसैविच घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दे मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय,कैलाली घेराउ गरेका छन् भने उनीहरुले उक्त क्षेत्रको आवागमनमा पनि रोक लगाएका छन ।
तस्बिर – सुदुरखबरबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्