राष्ट्रिय खेलाडीलाइ दलित भन्दै कुटपिट गर्ने श्रेष्ठदम्पतीलाई ३ लाख धरौटीमा रिहा



बिर्तामोड / कोरोना संक्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कुटपिट गर्दा झापाको मेचीनगर नगरपालिका–१२ मा एक गर्भवतीसहित दुईजना घाइते भएका  थिए भदौ ८ गते
मेचीनगर–१२ का दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको आक्रमणबाट सोही ठाउँकी ७ महिनाको गर्भ रहेकी चन्द्रकता लाम्गादे र उनका श्रीमान सागर खाती घाईते भएका हुन् । श्रेष्ठले उनीहरुलाई गाली गलौज गर्दै निर्घात कुटपिट गरेको पीडितले बताए ।

सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएको छ । मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए । घटना अनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली गलौज गर्ने गरेका थिए । दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गाली गलौज गर्दै श्रेष्ठले लखेटेका थिए । दर्जी भाग्दै सागरको घरमा गए । बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए । दर्जीलाई श्रेष्ठले जातीय अपशब्द बोलेर गाली गलौज गर्दा चन्द्रकलाले प्रतिवाद गरेकी थिइन । सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कुटपिट गरेका थिए  ।

पीडित सागरका अनुसार ७ महिनाको गर्भ रहेकी पत्नी चन्द्रकलाको पेट, ढाड, छाती लगायतका स्थानमा श्रेष्ठ दम्पतिले कुटपिट गरेका थिए । सागरलाई पेटीले कुटपिट गरेका कारण शरिरभरी निलडाम थिए। कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् । लाम्गादे एथलेटिक्सकी किर्तीमानी खेलाडी हुन् । उनले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् । कोरोना संक्रमण बढेका कारण गर्भवती उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा हाजिर गर्नेगरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो । सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी थिइन् ।

चन्द्रकला लामगादेकाे कुटपिट पछि बि एण्ड सि हस्पिटलमा ६ दिन राखेर राम्रो उपचार नभई डिस्चार्ज गरियो यता संयुक्त राजनीतिक सघर्ष समिति झापाले याे बिषयमा पिडित महिला सहित पत्रकार सम्मेलन चारअलीमा गरेपछि पुनः चन्द्रकला लामगादेकाे स्वास्थ्य अबस्था( पेटमा हुर्कदै गरेकाे बच्चा नचल्ने भई थप स्वास्थ समस्या) उपचार गर्ने अर्थिक अबस्था कमजाेर भएकोले दमक स्थित दमक हस्पिटलमा १२ दिन राखि थप उपचार उपचार गरिएको थियोे । उपचारमा लागेको खर्च “सयुक्त राजनितीक दलित सघर्ष समिति झापाका अध्यक्ष हुकुमसिह नेपालीले ब्यक्तिगत रूपमा गरिदिएका हुन् ।

यता दलित सघर्ष समितिका अध्यक्ष हुकुम नेपालीले दुर्गा श्रेष्ठ र बिष्णु श्रेष्टकाे कुटपिटबाट गम्भीर घाईते गर्भवती चन्द्रकला लामगादेकाे घटना झापामा मुद्धा दर्ता भई कडा कानुनी कार्बाहिकाे लागी ” सयुक्त राजनीतिक दलित सघर्ष समिति झापाले पिडितलाई न्याय र पिडकलाई कडा भन्दा कडा कानुनी कार्वाहीको लागि निरन्तर खबरदारी,दबाब गर्याे याे मुद्धामा अझ कडा कानुनी कार्बाही हुन सकेन।पिडक दुर्गा श्रेष्ठलाई ३ लाख र बिष्णु श्रेष्ठ लाई ३ लाख मात्र धराैटी गरेकाे छ।

१९ दिन दुर्गा श्रेष्ठलाई ईलाका प्रहरी कार्यलय धुलाबारीमा अनुसन्धानकाे क्रममा हिरासतमा राख्याेभने निजकाे श्रीमती बिरामीको बहाना बनाएर बि एण्ड सि हस्पिटलमा १९ दिन बसिन | जातीय छुवाछूत जस्तो जघन्य अपराधको घटनामा पनि धरौटीमा छोडनु यो दुखद पक्ष हो उनले थपे ” नेपाली समाजलाई समृद्ध नेपाल सुखी नेपाली ,समाजबाद उन्मुख राज्य ब्यबस्था स्थापनाकाे दिशामा अगाडि बढाउन रूढिबादी,छुवाछूत,विभेद गर्नै सबैलाई कानुन अनुसार कार्बाही गरि विभेद रहित समतामूलक समाज निर्माण नगरे समृद्ध नेपाल,सुखि खुसी नेपाली र समाजबाद उन्मुख राज्य ब्यबस्था स्थापना नहुने भएकोले समाजमा जातिय विभेद गर्नेलाई कडा भन्दा कडा कानुनी कार्बाहि हुनु पर्छ। झापामा याे घटना मुद्दा दर्ता र हिरातसतमा अनुसन्धान र ठुलाे रकम धराैटी खुलेकाे पहिलाे मुद्धा हाे समाजमा सामाजिक अन्तरघुलन र सामाजिक न्यायकाे लागि समाजका ब्राह्मणबादी चिन्तन तथा छुवाछूत,भेदभाव गर्ने लाई यसरी नै कानुन अनुसार कार्बाही गर्दा अपराधीहरूकाे मनाेबल घटने हुदा कानुनत कराबास चलान हुदा धेरै राम्रो हुने थियाे तर दुखद बिषय प्राय अदालतले धराैटीमा छाेडछ।

घटना उठान देखि यहाँसम्म पुर्याउन रन्जित परियार, बिरु दर्नाल, सुरेस बराइली ,भोला परियार रिता सिवा ,निरु परियार साथै पत्रकार , अधिकारकर्मी सबैको निरन्तर साथ र सहयोग रहेको थियोे ।

१८ दिनसम्म प्रहरीको हिरासत र ३ लाख धरौटि सम्भवत

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्