कलाकारितामा पृथक पहिचान बनाउँदै दंगाली मोडल तथा गायिका सिर्जु



सैघाली खबर,

शास्त्रीय संगीतकी विद्यार्थी सिर्जु अधिकारी आफूलाई नेपाली गीतसंगीतकाक्षेत्रमा पृथक् पहिचान बनाउँदै छिन् । सांगीतिक क्षेत्रमा सबै किसिमको प्रस्तुति दिएर कलिलो उमेरमै उनले आफूलाई पृथक् पहिचान दिलाउन सक्षम भएकी छन् ।

दाङको तुलसीपुरमा जन्मिएकी २७ वर्षीया सिर्जु पिता तेजबहादुरलाई व्यापारमा सघाउन भनेर १० वर्ष अगाडि काठमाडौंको बल्खु पुगेकी थिइन् । तर, उनलाई पिताको व्यापारभन्दा बालापनदेखि गायन क्षेत्रमा प्रवेश गर्ने रहरले सांगीतिक भूत जगायो ।

लोकदोहोरी, आधुनिक, लोकपप गायन तथा मोडलिङबाट चर्चा कमाउँदै आएकी गायिका सिर्जु अधिकारीले आफूलाई अभिनयका साथ, संगीतकार तथा नायिकाको रूपमा प्रस्तुत गरेर पृथकता दिइसकेकी छन् । आठ वर्षदेखि गीतसंगीतमा लागेकी अधिकारीले माधव खरेल निर्देशित नेपाली कथानक चलचित्र देवदेवकीमा नायिकाको रूपमा र सोभित बस्नेतको राजमा नायक विराज भट्टकी बहिनीका रूपमा अभिनय गरिसकेकी छन् ।

राज प्रदर्शन भइसकेको छ भने देव देवकी प्रदर्शन हुने क्रममा रहेको छ । यसका साथ उनले संगीत भरेको तिमी बिना बोलको आधुनिक गीतमा अञ्जु पन्त र के लेखिदियो भावीले बोलको गीतमा स्वरूपराज आचार्यले स्वर दिएका छन् ।दुवै गीत चर्चित छन् । काठमाडौंको श्रीसंगीत पाठशालामा शास्त्रीय संगीत अध्ययनरत सिर्जुले चर्चित गायकहरू रामजी खाँड, मिलन लामा, कुलेन्द्र विक, टंक तिमिल्सिना, मनीष खड्कासँगै गीत गाइसकेकी छन् ।

६ वर्षअगाडि चर्चित गायक तथा मोडेल रामजी खाँडसँग खाडी मुलुक बोलको गीतमा मोडलिङ गरेकी सिर्जु अधिकारीले रामजीसँग दोस्रो पटक सँगै अभिनय र गायन नयाँ गीतमार्फत गरेकी छन् । अधिकारी कर्म र मेहनतलाई विश्वास गर्छिन् ।

उनको पछिल्लो सांगीतिक कोसेली ‘प्यार प्यार’ बोलको नयाँगीत बजारमा आएको छ । देश तथा विदेशका दर्जनौं कार्यक्रममा सहभागिता जनाइसकेकी अधिकारी फेरि पनि बजारमा नयाँ एल्बमका साथ आएकी हुन् । उनी यस गीतलाई पनि सबै श्रोता तथा दर्शकले मन पराइदिनेमा ढुक्क छिन् । यो उनले गाएको १८औं गीत हो ।

‘प्यार प्यार’ निकै मेहनतका साथ बजारमा ल्याएको उनी बताउँछिन् । घनश्याम रिजालको शब्द रहेको ‘प्यार प्यार’ मा सिर्जु र रामजी खाँडले स्वर भर्नुका साथै अभिनय पनि गरेका छन् ।

गीतमा लय भने रामजी खाँडकै रहेको छ । नेपाली लोकगीत संगीतको क्षेत्रमा फरक पहिचान बनाएका वरिष्ठ गायक रामजी खाँण र गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली ‘प्यार प्यार’ बोलको गीत भर्खरै बजारमा आएको हो ।

आशिष म्युजिक म्युजिक प्रालिमार्फत डिजिटल बजारमा आएको यस गीतमा रामजी खाँण र सिर्जु अधिकारी दुवैले अभिनय गरेका छन् । ‘प्यार प्यार’ बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । उनले गाएको र अभिनय गरेको यस म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्तीमगरले गरेका हुन् ।(देवचन्द्र भट्ट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्