काठमाडौँमा घरधनीद्धारा भाडावालको हत्या : कुटेरै मारेको प्रतक्षदर्शीको बयान (भिडियो)



काठमाडौँ / २७ भदौ।
काठमाडौँमा हिजो सुक्रबार अर्थात भदौ २६ गते बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको आग्लोले हिर्काएर हत्या भयो।

हत्या गर्ने अरु कोहि नभएर काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका घरबेटी ६६ वर्षीय कृष्ण महर्जन हुन्। उनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेका हुन्।

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।

यतिखेर चौधरीको न्यायको लागि पुरै गाउ लागिपरेको छ। एक प्रतक्षदर्शिका अनुसार आग्लोले हान्दै गरेको देखेर पनि नदेखे झैं गर्नेहरुको हुल नै थियो । उनि चाहि काखमा सानो बच्चा च्यापेर बसेको कारण कोठाको झ्यालबाट हेरिरहन विवस भए ।

प्रतक्षदर्शि र मृतकलाई चिन्नेहरुसँग गरेको कुराकानि यहाँ प्रस्तुत गरिएको छ । पुरा हेरेर प्रतिक्रिया दिनुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्