बागलुङका बाढीपीडितलाई बिश्वकर्मा समाजको सहयोग



बाग्लुङ /२७ भदौ।
बिश्वकर्मा उत्थान समाज बाग्लुङले नगद रु.तिसहजार र बिश्वकर्मा समाज म्याग्दीले रु.तेत्तीस हजार ढाेरपाटनकाे बाढीपिडितलाई जम्मा रु. त्रिसठ्ठी हजार (६३,०००) नगरपालिका प्रमुख देवकुमार नेपालीलाई भएको छ।

भाद्र२६गते बिश्वकर्मा समाज नेपाल राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयाेजक ताराबहादुर बिश्वकर्मा र बिश्वकर्मा उत्थान समाज बागलुङका उपाध्यक्ष राजन बिश्वकर्माले नगर प्रमुखलाई कार्यकक्षमै पुगेर रकम हस्तान्तरण गर्नु भएकाे थियाे। मेयर नेपालीले प्राप्त सहयाेगलाई पारदर्शी ढङ्गले पिडितकाे लागी उपलब्ध गराईने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियाे।

भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका बाढी पीडितहरुलाई विश्वकर्मा उत्थान समाजले राहत उपलब्ध गराएको छ ।

गत १७ भदौमा नगरपालिकाको ५, ६, ७, ८ र ९ वडामा गएको बाढीले २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै बेपत्ता छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्