कुरा छलिका हुन् कि कलिका ? १५ वर्षमै लाग्यो बलात्कारको आरोप



काठमाडौं । सप्तरीमा एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपित विरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

आरोपितलाई गाउँलेले घटनास्थलबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो । घाँस काट्न गएकी बालिकालाई एकान्त देखेर आरोपितले नियन्त्रणमा लिई पोखरीको डिलमा झाडी भएको स्थानमा लगेर बलात्कार गरेको पीडित बालिकाले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्