मनोरञ्जन

महानायक राजेश हमाल दाङ आउदै

By थाहा अनलाइन

December 23, 2017

सैघाली खबर,

घोराही ८ पुस।दाङको कोठरीमा पौष ६ गते दखि माघी विशेष सास्कृतिक कार्यक्रम सुरु भएको छ । ब्राण्डरुट ईन्टरटेन्मेन्ट दाङको आयोजनामा आज देखि सुरु भएको माघी विशेष सास्कृतिक कार्यक्रम २०७४ सुरु भएको हो । ‘सामाजिक तथा सांस्कृतिक विकासको आधार, स्थानिय प्रतिभा, कला, सस्कृति र परम्पराको उजागर’ भन्ने नाराको साथ सुरु गरीएको कार्यक्रमको विहिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ ।

यसअघि विभिन्न कलाकारहरुले आफनो प्रस्तुति प्रस्तुत गरीसकेका छ्न । यसैविच भोली महानायक राजेश हमाल लगाएत अन्य कलाकारहरुको  प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सबमा उपस्थित हुन महोत्सवका संयोजक सुनिल बिसी ले सबैमा आग्रह समेत  गर्नु भएको छ ।