सैघाली खबर
दाङ ,९ पुस
दाङको कोठरीमा पौष ६ गते दखि माघी विशेष सास्कृतिक कार्यक्रम सुरु भएको छ । ब्राण्डरुट ईन्टरटेन्मेन्ट दाङको आयोजनामा सुरु भएको माघी विशेष सास्कृतिक कार्यक्रम २०७४ सुरु भएको हो ।
‘सामाजिक तथा सांस्कृतिक विकासको आधार, स्थानिय प्रतिभा, कला, सस्कृति र परम्पराको उजागर’ भन्ने नाराको साथ सुरु गरीएको कार्यक्रमको विहिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो ।
यसअघि विभिन्न कलाकारहरुले आफनो प्रस्तुति प्रस्तुत गरीसकेका छ्न । यसैविच आज आइतवार महानायक राजेश हमाल दाङमा आइसक्नु भएको छ ।आज महानायक तथा अन्य कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सबमा उपस्थित हुन महोत्सवका संयोजक सुनिल बिसी ले सबैमा आग्रह समेत गर्नु भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।