प्रदेश सरकार, २ नम्बर बाहेक अरुमा बाम गठबन्धन



सैघाली खबर
काठमाडौं,९ पुस

निर्वाचन आयोगले सातवटै प्रदेशमा दलले पाएको समानुपातिक सिट सार्वजनिक गरेपछि अबको ३० दिनभित्रमा केन्द्र र प्रदेश सरकार गठन प्रक्रिया सुरु हुनेछ । दुई नम्बर प्रदेश बाहेक अरु प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित जस्तै देखिएको छ । प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट एमालेले जित्यो भने समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको छ ।

एमाले सचिव एवम् प्रदेश नम्वर १ का सांसद भिम आचार्य प्रदेश नम्बर १ एमालेले सरकार बताउनुहुन्छ । राजपा, संघीय समाजवादी फोरमको गठबन्धनले प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्षसहित ५४ सिट जितेको छ । त्यहाँ संघीय समाजवादी फोरमले २९ र राजपा नेपालले २५ सिट पाएको छ । प्रदेश नम्वर २ का सांसद एवम राजपाबाट मुख्यमन्त्रीका दावेदार मनिष सुमन मधेससी गठबन्धनको सरकार बन्ने सम्भावना रहेको बताउनुहुन्छ ।

प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ भने माओवादीले २२ सिट पाएको छ । प्रदेश नम्बर ४ बाट एमालेले २७ सिट माओवादीको १२ सिट सहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत छ ।प्रदेश नम्बर ५ मा एमालेको ४१ र माओवादीको २० सिट छ र दुबै दलले बहुमतको सरकार बनाउने छन् ।

प्रदेश नम्बर ६ का ४० सिटमध्ये एमालेले २० सिट र अरु सबै दलको २० सिट पुग्छ । प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका आकाक्षी माओवादी नेता महेन्द्र बहादुर शाही बाम गठबन्धनको सरकार बन्नेमा ढुक्क हुुनुहुन्छ । ७ नम्बर प्रदेशमा एमालेले २५ सिटमा माओवादीको १७ सिट थपिदा त्यहाँ पनि बामपन्थी सरकार बन्ने छ ।समानुपातिकतर्फ एमालेले सातै प्रदेशमा गरी ७५ सिट पाउँदा कांग्रेसले ७२ सिट पाएको छ तर, गणीतिय हिसाबमा कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन सक्ने देखिदैन ।

राजनीतिक बिश्लेषक डाक्टर सुरेन्द्र केसीपनि २ नम्वर प्रदेश बाहेक ६ वटै प्रदेशमा बामगठबन्धन नेतृत्वमा सरकार बन्ने देख्नुहुन्छ । समानुपातिकतर्फ एमालेले सातै प्रदेशमा गरी ७५ सिट पाउँदा कांग्रेसले ७२ सिट पाएको छ तर, गणीतिय हिसाबमा कांग्रेसले कुनैपनि प्रदेशमा सरकार बनाउन सक्ने सम्भावना नभएको कांग्रेस नेता जिवनबहादुर शाही स्वीकार्नुहुन्छ । बामगठबन्धन सरकार निर्माणसँगै सिङ्गो रुपमा अघि बढ्दा काँग्रेसको भागमा प्रतिपक्षीको भूमिका बाहेक अरु विकल्प छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्