शुल्क उठाउन विद्यार्थीलाई ताकेता नगर्न चेतावनी



बुटवल । अखिल क्रान्तिकारीले रुपन्देहीका विभिन्न निजी विद्यालयहरुले विद्यार्थीसित शुल्क उठाउन ताकेता गरेको भन्ने गुनासोप्रति संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।

सो संगठनका जिल्ला कार्यवाहक अध्यक्ष इन्दु वलीद्धारा आज एक विज्ञप्तिमार्फत् महामारीले विश्वव्यापीरुपमै समस्या सिर्जना गरेको अवस्थामा पनि शुल्क उठाउनु गलत भएको भन्दै यस्तो कार्य रोक्न माग गरिएको छ । विज्ञप्तिमा वलीले शुल्क उठाउने कार्य नरोकेमा आफ्नो संगठन संघर्षमा उत्रने चेतावनी पनि दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्