पर्सा /३० भदौ।
घरायसी विवादका कारण पर्सामा एक ब्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
बुवा र छोराबीच विवादपछि बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।
छुरा प्रहारबाट गम्भिर घाइते भएका माधोलाई उपचारको लागि वीरगन्ज ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।