सशस्त्र प्रहरीको कुटाइले नवलपरासीमा एक व्यक्ति घाइते



रियाज अलि, नवलपरासी / ३० भदौ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न० १ महेशपुरमा सशस्त्र प्रहरीको कुटाइले एक ब्यक्ति घाइते भएका छन ।

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न० ०१ महेशपुर बस्ने गोपाल गुप्ताले आज दिउँसो सिमा नाकाबाट भारत छिर्ने क्रममा सशस्त्र प्रहरीको पिटाइबाट घाइते भएका हुन् । पश्चिम् नवलपरासीको सिमा नाकाको चोर बाटोबाट प्रहरीको मिलोमतोमा दिनहु नेपाल बाट भारत र भारत बाट नेपाल करिब हजारौं मान्छेहरु आवतजावत गर्ने गर्दैछन् ।

घाइते गुप्ताका अनुसार ” भारतको ठुठिबारी बजार जानका लागीका साइकल लियर सशस्त्र प्रहरीले गस्ती गर्ने ठाउँमा सोध्न जानु भएको थिए तर सशस्त्रले अनुमति न दिए पछी पुनः फ्रकिने क्रममा एक छिन साइकल खडा गरेर अरु मान्छे आवतजावत गर्छन् कि नाइ भनेर साइकल सशस्त्रले गस्ती गरेको १० मिटर पर राख्दै गर्दा , यहाँ साइकल राख्न पाइन्न तपाई जानुस् भनेर सशस्त्र को भनाइ पछी यश बिशयलाई लिएर सवाल जवाफ हुदै गर्दा सशस्त्र ऊनी माथी प्रहार गरेका थिए ।

हाल निजको अवस्था सामान्य रहेको तथा नजिक मेडिकलमा सामान्य उपचार भए पछी जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा थप उपचार भइरहेको स्थानीयले बताएका छन् । कुटपिट गर्ने सशस्त्र प्रहरीका असइ हुन। उनीलाई थप विभागीय कार्यवाही गर्ने तथा अर्को गणमा पठाउने तथा घाइतेको उपचार खर्च सशस्त्र प्रहरीले नै व्यहोर्नुपर्ने निर्णयका साथ आपसमा सहमत भएको हरपुर सिमा सशस्त्र प्रहरी बलका इन्सेपेटरले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्