एउटा भेडाको मूल्य ५ करोड ७३ लाख



काठमाडौँ /३० भदौ ।

डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपैयाँ) मा बिक्रि भएको छ ।

नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए । लानार्कमा स्कटिश नेशनल टेक्सलले बिक्रि सुरु गर्नु अघि नै केही ब्रिडरले डबल डायमन्डका लागि अत्यधिक बोली लगाएका थिए ।

लिलामी अघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागि भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सके । यसअघि सन् २००९ मा एउटा भेडा ३ लाख ७ हजार डलर (३ करोड ५९ लाख रुपैयाँ) मा बिक्रि भएको थियो ।

स्रोतः अडिटी सेन्ट्रल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्