मुख्य समाचार

कार्यकर्ता माथि भएको आक्रमण प्रति कडा आपत्ती

By थाहा अनलाइन

June 06, 2017

जेष्ठ २३ दाङ । नयाँ शक्ति नेपाल दाङले सोमवार वेलुकका राप्ती गाँउपालिका पार्टी संयोजक र गाँउपालिका प्रमुख उम्मेद्वार माथि नेकपा माओवादी नेता तथा कार्यकर्ताहरुले गरेका आक्रमणको कडा आपत्ती जनाएको छ ।

नयाँ शक्ति नेपाल दाङले मंलगवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना कार्यकर्ता माथि भएको आक्रमणको कडा आलोचना गर्दै आपत्ती राखेको हो । नयाँ शत्ति m नेपाल दाङले राप्ती गाँउपालिका उम्मेद्वार नन्द कुमार चौधरी र पार्टी संयोजक हेम प्रसाद शर्मा माथि नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सोमवार राप्ती गाँउपालिका २ कटाहा निवासी चमामा भगत चौधरी र उनका छोरा शंकर चौधरी लाई पारिवारीक भेटघाटमा गएका चौधरी र शर्मा लाई अक्रमण गरी घाईते वनाएको भन्दै गम्भिर आपत्ती जनाएका छन । दिनभरको चुनावीप्रचार प्रसार सकेका आफन्त भेटघाटमा निष्कीएका चौधरी शर्मा लाई नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले कुटपिट गरी घाईते वनाएकाले कुटपिटमा संलग्न व्यक्तिहरुको छानविन गरी कडा कार्वाहीको माग समेत गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।