तुलसीपुरमा गरियो मासु पसलको अनुगमण



सैघाली खबर
दाङ ९ पुस ।तुलसीपुर बसपार्कमा रहेको मासु मण्डीको अनुगमण गरिएको छ । अनुगमणका क्रममा मासु पसलले मापण्डमा सञ्चालन नभएको पाईएको हो । अनुगमणका क्रममा मासु पसलहरुको मुल्यमा एक रुपमा नआएको, फोहर, अब्यबस्थित रुपमा सञ्चालन नआएको पाईएको हो ।

तुलसीपुर उपमहानगरपालिका पशुसेवा शाखा, उपभोक्ता मञ्च, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय तुलसीपुर, पत्रकारहरुको टोलीले मासुपसलको अनुगमण गरेको हो । टोलीले मापदण्डमा नरहेको मासुपसललाई मापदण्डमा आएर सञ्चाचालनमा आउन, पसल सरसफाई गर्न, मुल्यमा एक रुपता ल्याउन ब्यबसायीलाई निर्देशन दिएको थियो ।

अनुगमणमा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टोपेन्द्र केसी, उपभोक्ता संरक्षण मञ्च दाङका अध्यक्ष केशव शर्मा, बरिष्ठ पसु बिकास अधिकृत डा. चन्द्र बहादुर राणा, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, उपमहानगरका समाज कल्यान अधिकृत टोप बहादुर डाँगी, पशुबिकास अधिकृति सुदाम भट्टलगायतको टोलीले अनुगमण गरेको थियो । ​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्