प्रदेश १ का सामाजिक विकास मन्त्री कोरोना मुक्त



विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संक्रमण भएपछि १३ भदौदेखि होमआइसोलेसनमा बसिरहेका मन्त्री घिमिरे १८ दिनपछि ३१ भदौबाट कोरोना मुक्त भएका हुन ।

२६ भदौमा १४ दिनपछि गरिएको पिसिआर परीक्षणको रिर्पोज पोजेटिभ नै आएपछि उनी निरन्तर होमआइसोलेसनमा बसिरहेका थिए ।

पछिल्लो पटक गरिएको पिसीआर परीक्षणमा मन्त्री घिमिरेको रिर्पोट नेगेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयबेन्द्र यादवले जानकारी दिए ।

अहिले मन्त्री घिमिरेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्