सुनको मूल्यमा ९०० गिरावट, तोलाको ९६ हजार ६०० रुपैयाँ



काठमाडौं /०१ असोज ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि भएको छ ।

महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्