पर्यटनको गन्तव्य बन्दै धारापानी 



सैघाली खबर 

दाङ,  ९ पुस  । पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई १० वर्षभित्रमा मुलुककै पर्यटनको गन्तव्य बनाइने भएको छ । विश्वको अग्लो त्रिशुलका कारण चर्चामा रहेको धारपानीलाई अबको १० वर्षभित्र मुलुककै प्रमुख पर्यटनको गन्तव्य बनाइने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

 

पाण्डवेश्वर मन्दिरको अवस्था बुझ्न पुगेका शान्ति निकेतन विद्यालय घोराहीका विद्यार्थीहरुसँग कुराकानी गर्दै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले १० वर्षभित्र धारपानीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनासहित काम भइरहेको जानकारी दिनुभयो ।

 

ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लास रुम आई।एस।ए।प्रोजेक्ट फर ग्लोवल एजुकेशनअन्तर्गतको ‘वेलकम टु घोराही’ कार्यक्रम लिएर पुगेका विद्यार्थीहरुसँग सचिव आचार्यले ७० करोडको बिस्तृत गुरुयोजना निर्माण गरेर मन्दिरको विकासमा लागिपरेको बताउनुभयो ।  सरकारी निकायबाट २० करोड र दाताहरुबाट ५० करोड संकलन गरेर पूर्वाधार निर्माण गर्ने आचार्यको भनाई थियो ।

मन्दिर परिसरमा हालै १०८ शिवलिङ्ग, १०८ गौमुखे ढुंगेधारा, १ हजार ८ जोडा बरपिपल र ओम कुण्ड निर्माण गरिसकेको भन्दै आचार्यले हरेक महिना नयाँ संरचना निर्माण गर्दै लैजाने बताउनुभयो ।मुख्य मन्दिरको २ हजार ६ सय मिटरको उचाइमा रहेको भग्नावशेष मन्दिरलाई जीर्णोद्वार गर्नुका साथै उक्त मन्दिर  परिसरमा ३१ क्विन्टलको घण्ट राख्ने, मन्दिरमा पुग्न ४ हजार ९ सय ६३ खुटकिलाको भ¥याङ बनाउने गुरुयोजना निर्माण गरेका छौं’, सचिव आचार्यले भन्नुभयो, ‘यी कार्यका लागि दाताहरुको सहयोग रहने छ । ५० करोड खर्च अनुमान गरेका यी पूर्वाधार निर्माणका लागि सबै दाताहरुलाई सहयोगको अपील गरेका छौं ।

सरकारी सहयोग भन्दा पनि दाताहरुको सहयोगबाट बढी पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको भन्दै सचिव आचार्यले सरकारी निकायको सहयोगमा २० करोड संकलन गर्ने र २० विगाहमा ताल, १५ विगाहमा संरचनाबिहीन पार्क र भ्यूटावर निर्माण गर्ने गुरुयोजना बनाएको बताउनुभयो । नेपालका पौराणीक र ऐतिहासिक मन्दिरमध्येमा लिइने पाण्डवेश्वर मन्दिरका लागि के–के चुनौती छन् रु भन्ने विद्यार्थीहरुको प्रश्नको जवाफ दिँदै सचिव आचार्यले भन्नुभयो, ‘सबै भन्दा मुख्य चुनौती जनचेतनाको अभावलाई लिएका छौं ।

 

मन्दिर परिसरलाई सफा राख्न धेरै चुनौति थपिएको छ । दैनिक १ हजार ५ सयको हारहारीमा आउने पर्यटकहरुले फोहोर गरिदिनाले यसको सफाई र संरक्षणमा चुनौति छ । त्यस्तै आर्थिक अभाव, जनशक्तिको अभाव पनि हाम्रा लागि चुनौतिका रुपमा रहेका छन् ।

त्यस्तै विद्यार्थीहरुले आइतबार गोरक्ष रत्ननाथ मन्दिर चौघेराको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । विद्यार्थीहरुले मन्दिरको ऐतिहासिक अवस्था, वर्तमान अवस्था र यसका चुनौतिका विषयमा जानकारी लिएको आई।एस।ए। कोर्डिनेटर सुनिल गौतमले जानकारी दिनुभयो ।

मन्दिरको जानकारी लिन पुगेका विद्यार्थीहरुसँग कुरा गर्दै मन्दिर सञ्चालक समितिले ५ विगाह क्षेत्रफलमा मन्दिर फैलिएको, १ हजार २ सय ९५ विगाह जग्गा रत्ननाथ गुटी नाममा भए पनि हाल २ सय विगाह मात्रै जग्गा गुठीसँग रहेको र सबै जग्गा किरानसँग रैकरमा रहँदा आर्थिक अभाव भएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्