घिमिरेको मृत्यु प्रति महासंघद्धारा दुःख व्यक्त



दाङ,जेठ २३ । पत्रकार महासंघ दाङले नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद तथा रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेका बुवा लोकराज घिमिरेको मृत्यु प्रति दुःख व्यक्त गरेको छ । पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओलीले सोक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो ।लमही नगरपालिका २ बरुवा गाउ निबासी लोकराज घिमिरेको ९० वर्षको उमेरमा मंगलवार दिउसो सवा १ बजे काठमाण्डौको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारीक श्रोतले जनाएको छ । सचिव ओलीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घिमिरेको मृत्युले महासंघ अत्यन्त स्तब्ध र मर्माहत भएका छौं भनिएको छ । दुःखको यस घडी दिंवगत घिमीरे प्रति हार्दिक श्रद्धान्जली एवं शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं । भनिएको छ । घिमिरेको निधनले एकजना कुशल अभिभावक गुमाएका भन्दै उहाँले समाजका लागी पुर्याउनुभएको योगदानको नेपाल पत्रकार महासंघ,दाङ सदैव स्मरण गर्ने समेत जनाएको छ ।

18921165_1521927291172244_1812399147301553637_o

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्