उपक्षेत्रियमा ‘स्मार्ट भवन’



 

गिरिराज नेपाली
दाङ, ९ पुस । भवन अभावको निकै सकस खेपेको राप्ती उपक्षेत्रिय अस्पताल दाङले अबको दुई वर्षमै आफ्नो सेवा स्मार्ट भवन वाट सुरु लक्ष्य राखेको छ । लिफ्ट ,अक्सीजन प्लान्ट, अपाङ्गतामैत्री उपचार कक्ष र शौचालय ,आधुनिक सेवा सहितको अप्रेशन थ्रेटर, आईसियु÷ एनआईसियु र वातावरणमैत्री उपचारकक्ष सहितको आधुनिक भवन निर्माण गरिदै छ । निर्माणाधिन उक्त भवन निकै तिव्रता पाएको छ ।

१६ करोड ४१ लाख ९४ हजार ८ सय ४२ रुपैयाँको लागतमा निर्माण हुन लागिरहेको उक्त भवन आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी निर्माण थालनी गरिएको राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा. जर्नादन पन्थीले जानकारी दिनुभयो ।
अबको दुई वर्ष भित्रैमा दाङवाटै आधुनिक संरचना सहितको प्रविधिमैत्री उपचार सेवा सुविधा सुरु गरिने उहाँको भनाई छ । जसका कारण भवन निर्माण लाई निकै तिव्रताका साथ निर्माण कार्य गरिरहेको छ ।

भवन अभावका कारण सकसमा परेको अस्पताल अबको दुईवर्षमा त्यो सकसवाट मुक्त हुनेछ । डा. पन्थीले भवन अभावका कारण अस्पताल र विरामीहरुले निकै सकसका साथ सेवा दिने÷लिनु पर्ने वाध्यता छ । तर अबको दुई दुई वर्षमा त्यो वाध्यता रहने पनि छैन । भवनको अभाव पनि हुने छैन । उहाँले भवन अभावकै कारण अस्पतालले अत्यावश्यक सेवा समेत सञ्चालन गर्न नसकिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ अबको दुई वर्षमा भवन पनि हुने छ , दुविधा पनि टर्ने छ । ’ अहिले अस्पतालले तीनवटा भवन वाट आफ्नो सेवा संञ्चालन गरीरहेको छ । भने अस्पतालको नवनिर्मित ठुलो भवनको माथिल्लो तला खासै प्रयोगमा आउन नसकेको छैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा भए संगै निर्माण थालनी गरेको उक्त भवन प्रतिष्ठान संचालनका लागि पनि सहयोग पुग्ने डा.पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिष्ठान सञ्चालनमा समेत निर्माणाधिन भवनले सहयोग पु¥याउने छ । ’ हामीले प्रतिष्ठानको आधुनिक अस्पताल भवनका रुपमा पनि यसै भवनलाई प्रयोग गर्ने सक्ने छौ । प्रतिष्ठान तोकिए संगै तत्कालका लागि अध्ययन अध्यापनका लागि भवन आवश्यक पर्ने गरेमा निर्माणाधिन भवनलाई तत्कालका लागि प्रतिष्ठान सेवाका रुपमा विकास गर्न सकिने छ ।

नवनिर्माणाधिन अबस्थामा रहेको अस्पतालको ५० वेडको तीनतले भवनको काम करिव ३० प्रतिशत सम्पन्न भईरहेको भवन डिभिजन कार्यालय दाङले जनाएको छ । २०७४ साल असार १ गते वाट निर्माण सुरु गरेको उक्त भवन वितेको छ महिनामा वेष्टमेन्ट फ्लोर ढलानको काम अबको २÷३ दिनमै सम्पन्न हुने तयारीमा रहेको ईन्जिनियर राम अश्रय शाह जानकारीदिनु भयो । २०७६ असार १५ गते सम्म निर्माण सम्पन्न हुने गरी एम.के. दिवा जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको छ । निर्माण थालनी मितिको छ महिना चार करोड ४१ लाख रुपैयाँ खर्च भईसकेको शाहले जानकारी दिनुभयो ।

त्यस्तै भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र पाण्डेले राप्ती अञ्चलकै स्वास्थ्यालय क्षेत्रको ठुलो र सुविधा सम्पन्न भवन रहेको बताउनुभयो । ५० सैया वेडको निर्माण हुन लागिरहेको उक्त भवनले राप्तीवासी संगै प्रदेशवासी उपचार सेवामा सहज पु¥याउने गरी प्राविधिक फाँट राखिएको बताउनुभयो । प्राविधिक रुपमा निकै मजवुत तरिकाले निर्माण गरिन लागेको उक्त भवन सम्भवत पश्चिम नेपालकै स्वास्थ्यसेवा क्षेत्रको उत्कृष्ट भवन रहेको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो– ‘ प्राविधिक सुरक्षाका हिसावले निकै उत्कृष्ट छ । ’ जसका लागि प्राविधिक टोलीले निकै मेहनतका साथ भवन निर्माणका लागेका छौ । अस्तपालको ५० सैया मात्रै हौईन उक्त भवन पछिका दिनमा प्रतिष्ठान नै सञ्चालन हुन सक्ने हुनाले यसको निर्माण पनि त्यही अनुरुप नै निर्माण गरिएको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्