राप्ती गाउँपालिकामा संविधान दिवसको अवसरमा मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु



सिसहनियाँ २ असोज । संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकाले मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता शुक्रवार देखि गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरु विच प्रतियोगीताको आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा सुरु भएको खेलमा प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको छ ।

त्यस अवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमान्नद सुवेदीले कर्मचारीहरुलाई संविधानको मर्म अनुसार नागरिकको सेवामा खट्न आग्रह गररेका छन् । राप्ती गाउँपालिकाले असोजको २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउन सबैमा अनुरोध समेत गरेको छ । संविधान दिवशको अवसरमा सुरु भएको ब्याडमिन्टन प्रतियोगीताको विजेता टिमलाई ३ गते समापन कार्यक्रममा आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्