ल्याण्डफिल्ड साईड व्यावस्थापन समिति गठन



सैघाली खबर
दाङ, ९ पुस । घोराही उपमहानगरपालिका – १६ करौती डाँडाँमा रहेको फोहोर व्यवस्थापन स्थलकोे व्यवस्थापन समिति गठन गरिएको छ ।

घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिन प्रसाद वुढाको अध्यक्षमा शनिवार सम्पन्न वैठकले सेनेटरी ल्याण्डफिल्ड साईड व्यवस्थापन समिति गठन गरिएको हो । जसको अध्यक्षमा देउमन दमाई, उपाध्यक्षमा डम्वर डिसी, मनिराम चौधरी, सचिवमा दुर्भभ श्रेष्ठ, कोषाध्यक्षमा पार्वती वंली र सहसचिवमा विरमान चौधरी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा झुमा गुरुङ, रसु घर्ति मगर, जितराम चौधरी, दामोदर रावत, तकमान घर्ति मगर, अशोक चौधरी र दुर्गा केसी गरी १३ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्